सुनको मूल्य एकैदिन तोलामा २७ सयले महँगियो
काठमाडौँ, १३ वैशाख । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ हजार ७ सय र चाँदी प्रतितोला ५० रुपैयाँले महँगिएको हो।
महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार २०० रुपैयाँ तोकेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ९९५ रुपैयाँ कायम भएको छ।
यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ५०० र चाँदी ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, अन्तर्राष्ट्रिय बजारमा पनि आज सुन प्रतिऔँस ४ हजार ७२४ अमेरिकी डलर र चाँदी प्रतिऔँस ७५ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।