सुनकोसीमा माछा मार्न जाँदा बेपत्ता भएका राई पाँच दिनपछि मृत फेला

उदयपुर, १४ वैशाख । सुनकोसी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४, जाँतेका ५१ वर्षीय शमशेर राई पाँच दिनपछि मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) राजन चापागाईंका अनुसार, गत मङ्गलबार गाउँका साथीहरूसँग माछा मार्न गएका राई दिउँसो ३ बजेतिर नदीमा बेपत्ता भएका थिए। स्थानीय बासिन्दा र प्रहरीको लगातारको खोजीपछि शनिबार साँझ मात्र उनको शव भेटिएको हो।

राईको शव बेपत्ता भएको स्थानभन्दा केही तल रौतामाई गाउँपालिकाको भदौरेस्थित सुनकोसी किनारमा फेला परेको प्रहरीले जनाएको छ। घटनास्थल जिल्ला सदरमुकाम गाईघाटस्थित प्रहरी कार्यालयबाट करिब १८ कोस उत्तर पहाडी क्षेत्रमा पर्छ। प्रहरीले शवको कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाउने तयारी गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *