एमाले राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे नियुक्त

काठमाडौँ, २५ बैशाख । नेकपा (एमाले) ले राष्ट्रिय सभातर्फको सचेतकमा सांसद रोशनी मेचेलाई नियुक्त गरेको छ ।

एमाले राष्ट्रिय सभा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले सांसद मेचेलाई सचेतकको जिम्मेवारी तोकेका हुन् ।

संसदीय दलको विधानअनुसार दलका नेताले सचेतक चयन गर्ने व्यवस्था अनुरूप उनलाई उक्त पदमा नियुक्त गरिएको एमालेले जनाएको छ ।