एक्स-पोज नेपालले गर्याे महिनावारी स्वच्छता दिवसमा साइकल र्याली
काठमाडाैं, १४ जेठ । महिनावारी सुरक्षित बनाउनका लागि प्रयासरत संस्था एक्स-पोज नेपालले बार्हाैं अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसकाे उपलक्षमा साइकल र्याली गरेकाे छ ।
महिला हिंसा तथा महिनावारी सम्बन्धि काम गरिरहेकाे गैरसरकारी संस्था एक्स-पोज नेपालले अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसकाे अवसरमा विगत नाै वर्षदेखि निरन्तर गरिरहेकाे साइकल र्यालीलाई निरन्तरता दिएकाे हाे ।
ललितपुरकाे मंगलबजारबाट सुरूभएकाे साइकल र्याली काठमाडाैंकाे बसन्तपुर पुगेर फेरी मंगलबजारमा नै आएर टुँङ्गिएकाे थियाे । र्यालीमा लगभग चारसय पचास महिला पुरूष साइकलयात्री सहभागी भएका थिए भने असी प्रतिशत महिला सहभागी भएकाे थियाे । पहिलाे वर्ष अर्थात नाै वर्ष पहिले गरेकाे पहिलाे साइकल र्यालीमा जम्मा ७२ जना सहभागी भएकाे मा एक जना महिला सहभागी भएकाे बताउनुहुँदै यस वर्ष चारसय पचास सहभागी मध्य असी प्रतिशत महिला सहभागी भएकाे आयाेजक संस्था एक्स-पोज नेपालले जनाएकाे छ ।
एक्स-पोज नेपालका अध्यक्ष तथा नेपालकै प्याड म्यान भनेर चिनिने ज्ञान महर्जनले सुरक्षित महिनावारी सम्बन्धि एक ज्ञापनपत्र बुझाउँदै सरकारले भुइँमान्छेहरूकाे सुरक्षाका लागि विभिन्न याेजना ल्याउनुपर्ने बताउनुभयाे । कार्यक्रममा महिला आयोगका अध्यक्ष कृष्णाकुमारी वाइबाले महिनावारी प्राकृतिक नियम भएकाे र प्राकृतिक महिनावारीकाे मुद्दामा स्थानीय र सरकारले साथ दिनुपर्ने बताउनुभयाे ।
साइकल र्याली समापनमा प्रमुख अतिथि सांसद प्रभा ढकालले अहिले महिनावारी सुरक्षित बनाउनका लागि घरका पुरूषहरूले पनि साथ दिइरहकाे सन्दर्भ उठाउँदै महिनावारीकाे समयमा लुकाएर प्याड किन्नुपर्ने समयबाट खुल्लमखुल्ला किन्न सकिनेसम्म आएकाे अवस्था नै परिवर्तनकाे अवस्था भएकाे बताउनुभयाे । उहाँले सुरक्षित महिनावारी सम्बन्धि ज्ञापनपत्र बुझ्दै संसदमा अनिवार्य यहाँकाे समस्या उजागर गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयाे ।
त्यस्तै ग्लाेबल एक्सन नेपालका अध्यक्ष विके श्रेष्ठले विगत नाै वर्षदेखि प्राकृतिक महिनावारी स्वास्थ्य र महिला हिंसा सम्बन्धि निरन्तर एडभाेकेसीका लागि सरकारकाे ध्यानाकर्षण गरिरहेकाे जनाउँदै आजकाे ज्ञापनपत्र भुँइमान्छेहरूकाे पिडाकाे एउटा गहिराे विश्लेषण भएकाे बताउनुभयाे उहाँले उक्त ज्ञापनपत्र तत्काल कार्यान्वयनका लागि अनुराेध पनि गर्नुभयाे ।
साइकल र्यालीमा युनिसेफ नेपाल, ग्लाेबल एक्सन नेपाल, च्यारीटी प्याड उद्याेग, डिडब्लुडी, जीआइजेड नेपाल, हङ्गर एण्ड र एमएचएमपिए नेपालकाे आर्थिक सहयाेग रहेकाे जनाइएकाे छ । कार्यक्रम नविना श्रेष्ठले सञ्चालन गर्नुभएकाे थियाे ।