अमेरिका–इरान सम्झौताको मस्यौदा तयार, कयौँ पेचिला मुद्दा टुङ्ग्याउन बाँकी: उपराष्ट्रपति जेडी भान्स

एजेन्सी, १५ जेठ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच द्वन्द्व समाधानका लागि सम्झौता हुनुअघि अझै कयौँ जटिल र पेचिला मुद्दाहरू टुङ्ग्याउन बाँकी रहेको बताउनुभएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्प सम्झौतामा हस्ताक्षर गर्ने अवस्थाको नजिक पुग्नुभएको हो भनी बीबीसीले सोधेको प्रश्नको जवाफ दिँदै उपराष्ट्रपति भान्सले दुवै पक्षबीचको सम्झौता “कहिले वा कसरी” फाइनल हुन्छ भन्न निकै हतार हुने उल्लेख गर्नुभयो।

प्रस्तावित सम्झौतामा हाल जारी युद्धविरामलाई थप ६० दिनका लागि विस्तार गर्ने र इरानको परमाणु कार्यक्रमको भविष्यका बारेमा औपचारिक वार्ता सुरु गर्ने विषय समेटिएको जनाइएको छ।

यसअघि अमेरिकी अधिकारीहरूले दुवै देश सम्झौताको प्रारम्भिक ढाँचामा सहमत भएको जानकारी दिएका थिए। यद्यपि, उक्त मस्यौदा सहमतिलाई अन्तिम रूप दिन राष्ट्रपति ट्रम्प र इरानको उच्च नेतृत्वको औपचारिक स्वीकृति आउन अझै बाँकी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *