काठमाडौँ-तराई-मधेस द्रूतमार्गका लागि १७ अर्ब ६४ करोड विनियोजन : आगामी वर्ष ४० पुल र ५.४ किमि सुरुङ बन्ने
काठमाडौँ, जेठ १५ । सरकारले राष्ट्रिय गौरवको आयोजना काठमाडौँ-तराई-मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माणलाई तीव्रता दिन आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १७ अर्ब ६४ करोड रुपियाँ बजेट विनियोजन गरेको छ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त बजेटबारे जानकारी दिनुभएको हो । बजेट वक्तव्यका अनुसार आगामी आर्थिक वर्षभित्र द्रूतमार्ग अन्तर्गतका ४० वटा पुल र ५.४ किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यसका साथै, आगामी आर्थिक वर्षदेखि नै द्रूतमार्गलाई अन्य मुख्य सडकहरूसँग जोड्ने ‘लिङ्क रोड’ निर्माणको कार्यसमेत प्रारम्भ गरिने अर्थमन्त्री वाग्लेले बताउनुभयो ।