देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित ३१ जना पक्राउ, नियन्त्रित औषधि पनि बरामद

काठमाडौँ, २२ जेठ । नेपाल प्रहरीको नियमित गस्ती टोलीले देशका विभिन्न भागबाट प्रतिबन्धित लागुऔषध तथा फर्मास्युटिकल नियन्त्रित औषधिसहित ३१ जनालाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालय, केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार लागुऔषध ओसारपसार तथा बिक्री–वितरणमा संलग्न रहेको आरोपमा दाङबाट ६, झापाबाट ५ र बाँकेबाट ३ जना पक्राउ परेका छन्। यसैगरी सुनसरी, बारा, चितवन, बागलुङ, सिरहा, मोरङ र कैलालीबाट २/२ जना तथा रसुवा, काठमाडौँ र सप्तरीबाट १/१ जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले अवैध खैरो हेरोइन (ब्राउन सुगर) र गाँजा बरामद गरेको छ। यसका साथै चिकित्सकको प्रेस्क्रिप्सन विना खरिद–बिक्री गर्न प्रतिबन्ध लगाइएका स्पास्पेन, ट्रामाडोल, डाइजेपाम, नोर्फिन, फेनारगन र प्रोमेथ जस्ता नियन्त्रित औषधिहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैमाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक कानुनी अनुसन्धान अघि बढाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *