प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै हर्क साम्पाङले गरे संसद्‌मा प्रदर्शन

काठमाडौँ, २८ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्दै बिहीबार पनि प्रतिनिधि सभा बैठकमा प्रदर्शन गर्नुभएको छ। बैठक सुरु हुनासाथ उहाँले संसद् बैठकमा प्लेकार्ड देखाएर विरोध जनाउनुभएको हो।

अध्यक्ष साम्पाङले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को अभिलेख (रेकर्ड) बाट हटाउनुपर्ने र प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर माफी माग्नुपर्ने अडान दोहोर्‍याउनुभएको छ। संसद् बैठक सुचारु भए पनि आफ्नो माग सम्बोधन नभएसम्म यस विषयमा संसद्‌भित्र निरन्तर आवाज उठाइरहने उहाँले बताउनुभयो।

यसैगरी, उहाँले संसद्लाई नियमावली र विधिअनुसार सञ्चालन गर्न सभामुखको गम्भीर ध्यानाकर्षणसमेत गराउनुभएको छ। सीमा जस्तो संवेदनशील राष्ट्रिय सरोकारको विषयमा प्रधानमन्त्रीस्तरबाट भएको कमजोरीलाई नसच्याएसम्म संसद्‌भित्र दबाब जारी राख्ने उहाँको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *