बर्दिबास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतो पक्राउ

महोत्तरी, २९ जेठ । महोत्तरीको बर्दिबास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतो बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्। महोत्तरी जिल्ला अदालतको आदेश अनुसार गत वैशाख २२ गतेदेखि फरार सूचीमा रहेका वडाध्यक्ष महतोलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेका अनुसार पक्राउ परेका वडाध्यक्ष महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखिएको छ। उहाँमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दामा आवश्यक कानुनी प्रक्रिया र अनुसन्धान अघि बढाइएको डीएसपी गोलेले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *