मनाङ भूमि प्रशासन कार्यालयका नासु ज्ञानराज कण्डेल ४० हजार घुससहित पक्राउ

काठमाडौँ, ३१ जेठ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेललाई ४० हजार रूपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा कण्डेल पक्राउ परेका हुन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आयोगको पोखरास्थित कार्यालयबाट खटिएको विशेष टोलीले कण्डेललाई शनिबार घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

खानतलासी गर्ने क्रममा कण्डेलको साथबाट स्रोत नखुलेको थप २१ हजार ७० रुपैयाँसमेत बरामद भएको अख्तियारले जनाएको छ। पक्राउ परेका कण्डेलमाथि भ्रष्टाचार निवारण ऐन अन्तर्गत थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *