प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित

काठमाडौँ, ५ असार । प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ। संसद्को आजको दैनिक कार्यसूचीमा रहेका कार्यक्रमहरू समाप्त भएपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक स्थगित गर्नुभएको हो।

सभामुख अर्यालका अनुसार प्रतिनिधि सभाको अर्को बैठक आगामी असार ११ गते बिहीबार बिहान ११ः०० बजे बस्ने गरी निर्धारण गरिएको छ।

आगामी बैठकहरूमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत बजेट शीर्षकहरूमाथिको बाँकी छलफल र मन्त्रीहरूको जवाफ दिने कार्यक्रमहरू अगाडि बढ्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *