प्रहरी मुख्यालयद्वारा ३६८ लेखा प्रमुखको एकमुष्ट सरुवा: इन्स्पेक्टरदेखि असईसम्म यस्ताे छ सूची

काठमाडौँ, १६ असार । नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका विभिन्न कार्यालयमा कार्यरत ३ सय ६८ जना लेखा प्रमुखहरूको एकमुष्ट सरुवा गरेको छ। नियमित प्रक्रिया र मापदण्डका आधारमा लेखाको जिम्मेवारी सम्हाल्दै आएका कर्मचारीहरूको कार्यक्षेत्र परिवर्तन गरिएको हो।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार कार्य अवधि पुगेका लेखा प्रमुखहरूलाई अन्य जिम्मेवारीमा पठाइएको छ भने मापदण्डले भेट्ने नयाँ अधिकृतहरूलाई लेखाको जिम्मेवारी सुम्पिएको छ।

सरुवा सूचीमा लेखा शाखाको नेतृत्व गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी नायब निरीक्षक (सई) र प्रहरी सहायक निरीक्षक (असई) सम्मका कर्मचारीहरू समावेश छन्। लामो समयदेखि एउटै कार्यालयमा कार्यरत रहेका र लेखा सम्बन्धी तालिम प्राप्त अधिकृतहरूलाई प्राथमिकतामा राखेर नयाँ पदस्थापन गरिएको मुख्यालयले जनाएको छ।

प्रवक्ता काफ्लेले प्रहरी प्रधान कार्यालयको आन्तरिक लेखापरीक्षण शाखाको सिफारिस र मापदण्डका आधारमा सरुवा सूची प्रकाशित गरिएको जानकारी दिए।