ऋषिपञ्चमीको स्नान गर्ने क्रममा आँधीखोलामा खोलाले बगाउँदा महिलाको मृत्यु

स्याङ्जा, ३० भदौ । ऋषिपञ्चमीको अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले बगाउँदा आज बिहान एक महिलाको मृत्यु भएको छ। वालिङ नगरपालिका–९ भूम्रेकी ५३ वर्षीया माया पाण्डे मृतावस्थामा फेला परेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिए।

पौडेलका अनुसार भूम्रेस्थित आँधीखोलामा नुहाउने क्रममा पाण्डेलाई खोलाले बगाएको थियो। वडा प्रहरी कार्यालय वालिङ, जनप्रतिनिधि तथा स्थानीयवासीले खोजी गर्ने क्रममा घटनास्थलबाट झण्डै चार किलोमिटर तल वालिङ–१३ शान्तिघाटस्थित आँधीखोलामा ढुङ्गामा अड्किएको अवस्थामा शव फेला परेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *