हेटौंडा–काठमाडौं मार्गमा इभी गाडी दुर्घटना, चार जनाको मृत्यु

हेटौंडा, ३० भदौ । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय (इभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटनामा पर्दा चार जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार गाडीमा सवार आठ जनामध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने बाँकी चार जनालाई उद्धार गरिएको छ।

इप्रका भीमफेदीले जनाए अनुसार उद्धार गरिएका एक जनालाई हेटौंडा अस्पताल पठाइएको छ भने बाँकीलाई काठमाडौँतर्फ लगिएको छ।

मंगलबार दिउँसो करिब २ बजे दुर्घटना भएको गाडी सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको जनाइएको छ।