सर्वदलीय बैठक आज बस्दै
काठमाडौँ, भदौ ३१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज शीर्ष राजनीतिक नेतृत्वबीच सर्वदलीय बैठक बस्दैछ।
रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बिहान ११ बजे बस्ने उक्त बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ।
बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वको सहभागिता रहने जनाइएकाे छ।
