सर्वोच्च अदालतको मुद्दा फाँटमा फेरी आगलागी, तीन कम्प्युटर जलेर नष्ट

काठमाडौँ, ३१ भदाै । सर्वोच्च अदालतको मुद्दा फाँटमा फेरी आगलागी भएको छ। बुधबार बिहान साढे ८ बजेतिर सर्वोच्चको नयाँ भवनको भुइँतलामा रहेको मुद्दा फाँटमा आगो लागेको हो । अगलागी भएपछि नियन्त्रणमा लिइएको थियो। मुद्दा फाँटकाे २० र २१ नम्बरकाे फाँटमा आगलागी भएको हो।

सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार आगलागीबाट तीन वटा कम्प्युटर जलेका छन् भने कुनै कागजात नजलेको उनले बताए। बिजुली सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।

यसअघि भदौ १७ गते राति पनि सर्वोच्चकै अभिलेख शाखामा आगलागी भएको थियो। गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सर्वोच्चको पुरानो भवनमा आगजनी भएको थियो, जसपछि सर्वोच्च अदालतको कामकारबाही नयाँ भवनमा सारिएको थियो।