सिंहदरबारमा सर्वदलीय बैठक जारी

काठमाडौँ, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठक सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा जारी छ।

रास्वपा प्रवक्ताका अनुसार बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्र गठनलगायतका विषयमा छलफल जारी छ।

बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टी (एमाले)की नेत्री पद्मा अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाही र जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत नेता सहभागी रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *