नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन अर्थ समितिबाट सर्वसहमत पास
काठमाडौँ, ३१ भदौ । प्रतिनिधिसभा अर्थ समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसहमत पास गरेको छ।
अर्थ समितिका समिति सचिव लक्ष्मण अर्यालका अनुसार आज सिंहदरबारमा बसेको अर्थ समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सकी उक्त प्रतिवेदन सर्वसहमत पास गरेको हो।
समितिबाट सर्वसहमत पास भएको प्रतिवेदन आगामी प्रतिनिधिसभाको बैठकमा पेस हुने उनले जानकारी दिए।
