चिलिमे हाइड्रोमा पुरिएका शवमध्ये एक निकालियो, थप तीन निकाल्ने क्रममा

रसुवा, ३१ भदौ । भोटेकोशी बाढीपछि पुरिएको चिलिमे हाइड्रोमा फेला परेका शवमध्ये एउटा शव निकालिएको छ। फेला परेका थप तीन जनाको शव निकाल्ने क्रम जारी छ।

नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले जारी राखेको खोज तथा उद्धार कार्यअन्तर्गत ती शव फेला परेका हुन्।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार त्यहाँ थप जीवित वा मृत मानिस हुनसक्ने सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *