उदयपुरमा मादक पदार्थ सेवन गरी पत्नीको हत्या
काठमाडौँ, ४ असोज । उदयपुरको चौदण्डीगढी–२ डाँडागाउँमा मादक पदार्थ सेवन गरेका ५८ वर्षीय गन्दुराम राईले पत्नीको हत्या गरेका छन्।
उनले घरायसी विवादका क्रममा ४५ वर्षीया पत्नी बिमला राईलाई धारिलो हतियार (सिकल)ले घाँटीमा प्रहार गरेका थिए। उपचारका क्रममा बिमलाको मृत्यु भएको हो।
प्रहरीका अनुसार राति १२ः३० बजेतिर घटना भएको हो। घाइते बिमलालाई माडिबासबाट प्रहरीको टोलीले नगर अस्पताल बेल्टार लगेकोमा उपचारका क्रममा १ः१५ बजे उनको मृत्यु भएको हो।
