सप्तरीमा २० क्विन्टल गाँजासहित दुई जना पक्राउ

काठमाडौँ, ४ असाेज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट प्रहरीले २० क्विन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट नियमित गस्तीमा खटिएको टोलीले आज बिहान भोला सदाको घरमा तलासी गर्दा ५६ पोका र मङ्गल मुखियाको घरबाट आठ पोका गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार दुवै जनाको घरबाट गरी जम्मा ६४ पोका गाँजा बरामद भएको छ ।

उनीहरूलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *