वर्षासँगै हिमपातले हुम्लाकाे जनजीवन प्रभावित

हुम्ला, १२ असोज । निरन्तर वर्षासँगै हिमपात भएपछि हुम्लाको जनजीवन प्रभावित भएको छ । जिल्ला सदरमुकाम सिमकोटसहित अधिकांश क्षेत्रमा फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

अग्ला स्थानमा रहेका टेलिफोन तथा इन्टरनेट टावरमा जडान गरिएका सोलार प्रणालीले काम गर्न नसक्दा सञ्चार सेवा प्रभावित भएको जनाइएको छ ।

सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सम्बन्धित कार्यालयसँग समन्वय गरी वर्षा र हिमपातबाट भएको क्षतिको विवरण सङ्कलन गर्नसमेत समस्या भएको छ ।

निरन्तर वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्यालय भवनमा क्षति पुगेको तथा सडक अवरुद्ध भएको बताइएको छ । सिमकोटसहित जिल्लाका उच्च क्षेत्रमा हिमपात भइरहेको छ ।

हिमपातका कारण हिल्सा नाका पूर्णरूपमा अवरुद्ध भएको जनाइएको छ । लगातारको वर्षा र हिमपातका कारण जिल्लाका उच्च भेगमा आवागमनसमेत प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *