बाराको सलेमपुरबाट दुई थान कटुवा पेस्तोलसहित व्यक्ति नियन्त्रणमा
काठमाडौं, १४असोज । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–२ स्थित सलेमपुरबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
सोही नगरपालिकाको अमृतगञ्ज बस्ने अन्दाजी ५० वर्षीय जय प्रकाश कुसवाहलाई उक्त पेस्तोलसहित नियन्त्रणमा लिइएको हो । एपीएफ इन्टेलिजेन्स व्यूरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गोलागंजबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर मल्लको कमाण्डमा खटिएको टोलीले जाँच गर्दा उनको साथमा उक्त पेस्तोल तथा ५ राउण्ड गोली फेला पारेको थियो ।
नियन्त्रणमा लिइएका उनलाई बरामद पेस्तोल तथा गोलीसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
