निर्माण सम्पन्न भएको २२ वर्षपछि बाढीका कारण चुँडियो दोधारा–चाँदनी र भीमदत्त नगरपालिकालाई जोड्ने कञ्चनपुरको झोलुङ्गे पुल
काठमाडौं, १४असोज । दोधारा–चाँदनी र भीमदत्त नगरपालिकालाई जोड्ने कञ्चनपुरको झोलुङ्गे पुल चँुडिएको छ । महाकाली नदीको बाढीका कारण बीच भागबाट पुल चुँडिएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ । महाकाली नदीमा आएको बाढीका कारण पुलको एक भाग भत्काएको हो। नदीको बीच भागमा रहेको एउटा पिलर भत्किएपछि पुलको संरचनासमेत नदीमा बगेको बताइएको छ । प्रहरीले पनि भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ नम्बर र दोधारा–चाँदनीतर्फबाट तेस्रो नम्बरको भाग भत्किएको जानकारी दिएको छ । २०६१ सालमा निर्माण सम्पन्न भएको यो दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने पुल चँडिएपछि दोधाराचाँदनी र भीमदत्तनगरबीच आउ–जाउ गर्ने सो बाटो बन्द भएको छ । यो पुल चुँडिएसँगै अब आउजाउ गर्दा करिब दुई किलोमटर माथि पुगेर पक्की पुलबाट यात्रा गर्नुपर्ने हुन्छ ।
