एमालेका मनोनीत केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण भोलि मुख्यालयमा
यकाठमाडौं, १४ असोज । नेकपा (एमाले) का मनोनीत केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण यहि असोज १५ गते हुने भएको छ। एमाले केन्द्रीय कमिटीको असोज पहिलो साता सम्पन्न बैठकले विधानअनुसार ३३ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको थियो। मनोनीत सदस्यहरूको शपथ ग्रहण कार्यक्रम भोलि दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।
केन्द्रीय सदस्यमा मनोनीत हुनेमा काशीनाथ अधिकारी (चितवन), देवराज घिमिरे (झापा), हरि रिजाल (प्यूठान), पासाङ शेर्पा (ताप्लेजुङ), नरेन्द्र भट्टराई (इलाम), नन्दराम देवकोटा (खोटाङ), धर्म गिरी (प्यूठान), नारायण घर्ती (जाजरकोट), विद्यासुन्दर शाक्य (काठमाडौं), शान्तिलाल महत (जुम्ला), पोल्तेन छेपाङ गुरुङ (मनाङ), प्रेम दङ्गाल (काठमाडौं), सुरेन्द्र उदास (भोजपुर), विनोद पाण्डे (काठमाडौं), पुष्पराज श्रेष्ठ (सिन्धुली), विमला घिमिरे (कपिलवस्तु), शिवमाया तुम्वाहाम्फे (मोरङ), कौशिला खत्री (जाजरकोट), जानुका सिम्खडा (धादिङ) र बिना बास्तोला (भक्तपुर) छन्।
त्यस्तै, अन्य पार्टीबाट एमालेमा समायोजन भएकामध्ये मोहम्मद इस्तियाक राई (बाँके), प्रदीप यादव (पर्सा), अब्दुल हुसैन अंसारी (सुनसरी), डिबी कार्की (स्याङ्जा), भवानी खापुङ (तेह्रथुम), दीपक साउद (अछाम), जय गोले तामाङ (काठमाडौं), धर्मराज निरौला (सुनसरी), रवि चामलिङ (खोटाङ), विनोद पहाडी (रुपन्देही), श्रीप्रसाद शर्मा (बागलुङ), रामप्रीत राम (सिराहा) र ध्रुव विष्ट (भक्तपुर) केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।
यसैगरी, सोही बैठकले सात जना नेतालाई स्थायी कमिटी सदस्य चयन गरेको थियो। स्थायी कमिटी सदस्यमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्वाहाम्फे, लालबाबु पण्डित र थममाया थापा चयन भएका छन्।
