बाढीले बगाएको राइनो क्रुज अझै निकाल्न सकिएन

क्रुज पुलको पिल्लरमा ठोकिएर अड्किएको

काठमाडौँ, असोज १४ । नारायणी नदीमा आएको बाढीले बगाएर नारायणी पुलको गैँडाकोटतर्फको पिल्लरमा अड्किएको राइनो क्रुज अझै निकाल्न सकिएको छैन ।

गत आइतबार रुखमा बाँधेर राखिएको अवस्थामा बाढीले बगाएको क्रुज पुलको पिल्लरमा ठोकिएर अड्किएको थियो । क्रेनको सहायताले क्रुजलाई पल्टाउन सफल भए पनि नदीबाट बाहिर निकाल्न नसकिएको राइनो वाटर इन्टरटेनमेन्टका अध्यक्ष दीपक ढुङ्गेलले जानकारी दिनुभयो ।

यसअघि चितवनको काभ्रेघाटमा तटबन्ध गरी सञ्चालनमा ल्याइएको क्रुज त्यहाँको अवस्था अनुकूल नभएपछि नवलपरासीको गैँडाकोट लगेर सञ्चालन गरिएको थियो । गत असारदेखि गैँडाकोटस्थित होटल रिभर क्राउनले क्रुज खरिद गरी नदी किनारमा सञ्चालन गर्दै आएको थियो ।

अध्यक्ष ढुङ्गेलका अनुसार क्रुज सञ्चालनका लागि

Leave a Reply

Your email address will not be published. Required fields are marked *