यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा भयाे काराेबार ?
काठमाडौं, १५ असोज । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५६ पैसा कायम भएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २८ पैसा र बिक्रीदर २०४ रुपैयाँ ७ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८४ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ७० पैसा र बिक्रीदर १०७ रुपैयाँ १२ पैसा, क्यानेडियन डलरको १०७ रुपैयाँ ९३ पैसा र १०८ रुपैयाँ ३५ पैसा तथा सिङ्गापुर डलरको ११९ रुपैयाँ ८८ पैसा र १२० रुपैयाँ ३५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा कायम भएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७६ पैसा र बिक्रीदर ४० रुपैयाँ ९२ पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रुपैयाँ १५ पैसा रहेको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४ रुपैयाँ ५८ पैसा, युएई दिरामको ४१ रुपैयाँ ६७ पैसा र ४१ रुपैयाँ ८३ पैसा तथा मलेसियन रिङ्गेटको ३७ रुपैयाँ ५३ पैसा र ३७ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ ।
साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३० पैसा र बिक्रीदर ११ रुपैयाँ ३४ पैसा, स्वीडिस क्रोनरको १५ रुपैयाँ ३४ पैसा र १५ रुपैयाँ ४० पैसा तथा डेनिस क्रोनरको २३ रुपैयाँ २६ पैसा र २३ रुपैयाँ ३५ पैसा कायम भएको छ ।
त्यस्तै, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, कुवेती दिनारको ४९७ रुपैयाँ १३ पैसा र ४९९ रुपैयाँ ७ पैसा तथा बहराइन दिनारको ४०५ रुपैयाँ ९४ पैसा र ४०७ रुपैयाँ ५३ पैसा रहेको छ ।
ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ७ पैसा तोकिएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले आवश्यकतानुसार जुनसुकै समयमा विनिमयदर संशोधन गर्न सकिने जनाएको छ ।
