सशस्त्र प्रहरीद्वारा सिराहबाट ११ सय किलो गाँजा बरामद

काठमाडौं, १५ असोज । सिरहाबाट सशस्त्र प्रहरी बलले ११ सय किलो गाँजा सहितको गाडी नियन्त्रणमा लिएको छ । गए राती करिब १ बजे सिरहा जिल्लाको सुखीपुर नगरपालिका–१० विश्वककर्मा चोक गागन खोलापुल बाट गाँजा बोकेको बोलेरो गाडी र मोटर साइकल नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं.७ गण सुरक्षा वेस गोलबजार र सुरक्षा वेस सुखीपुरको संयुक्त टोलीले बा १४ च २९४ नम्बरको बोलेरो गाडी र स ६ प ४८५९ नम्बरको मोटरसाइकलमा लैजादै गरेको गाँजा नियन्त्रणमा लिएको हो । २६ वटा बोरामा प्याक गरिएको ११०२–६५५ केजी गाँजासहितको गाडी र मोटरसाइकल छोडेर चालक भागेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापा जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *