पहिरोमा परी बेपत्ता महिलाको शव फेला : मृतकको सङ्ख्या १३ पुग्यो

मृत्यु हुनेको सङ्ख्या १३

काठमाडौँ, असोज १५ ।  असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको पहिरोमा परी बागलुङमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । असोज ११ गते तमानखोला गाउँपालिका ४ सन्तरमा पहिरोले घर पुरिँदा बेपत्ता भएकी ५३ वर्षीया पुनसरा विकको शव बुधबार फेला परेसँगै पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिनुभयो ।

पहिरोमा परी निसीखोला गाउँपालिकामा पाँच, तमानखोला गाउँपालिकामा पाँच र ताराखोला गाउँपालिकामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तमानखोला गाउँपालिकामा पहिरोमा परी बुद्धिराज घर्ती, भीमदेवी घर्ती, हस्तवीर श्रीपाली, उडिसरा श्रीपाली र पुनसरा विकको मृत्यु भएको छ ।

लगातारको वर्षापछि जिल्लाका विभिन्न स्थानमा गएको पहिरोले जनधनमा क्षति पुर्‍याउनुका साथै सडक तथा अन्य भौतिक पूर्वाधारमा समेत असर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *