वामपन्थी नेता घनेन्द्र बस्नेतकाे पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदै अध्यक्ष ओली दिए श्रद्धाञ्जली

काठमाडौँ, १५ असोज । एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका एक योद्धा घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा र पुष्पगुच्छा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ । क्यान्सरबाट पीडित बस्नेतको बुधबार निधन भएको थियो।

उनी एमालेका तर्फबाट दुईपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। बस्नेत २०४८ सालको आमनिर्वाचनमा सङ्खुवासभा–२ र २०५६ सालमा भोजपुर–१ बाट निर्वाचित भएका थिए।

२००९ साल असोज २५ मा जन्मिएका बस्नेतले झापा आन्दोलनमा संलग्न भएर आफूलाई राजनीतिमा समाहित गरेका थिए।
उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि हुनेछ। अन्त्येष्टिअघि आर्यघाटमै शोकसभा हुने पारिवारिक श्राेतले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *