पतञ्जली योग समिती जिल्ला शाखा भक्तपुरकाे आयाेजनामा १५ दिने सह- याेग शिक्षक प्रशिक्षण सुरु

भक्तपुर, १५ असाेज । पतञ्जली योग समिती जिल्ला शाखा भक्तपुरकाे आयाेजनामा १५ दिने सह- याेग शिक्षक प्रशिक्षण भक्तपुरकाे महाकालीमा सुरू भएकाे छ ।

महाकाली याेग साधना केन्द्र भक्तपुरकाे व्यवस्थापनमा असाेज १३ गतेदेखि सुरू भएकाे सह- याेग शिक्षक प्रशिक्षण १५ दिनसम्म चल्नेछ भने पतञ्जली योग समितीका सचिव केशव गजुरेलकाे संयाेजनमा प्रशिक्षण सुरू भएकाे हाे ।

पतञ्जली योग समिती नेपाल जिल्ला शाखा भक्तपुरका निवर्तमान अध्यक्ष नित्यनाथ श्रेष्ठका अनुसार १५ दिन चल्ने सह- याेग शिक्षक प्रशिक्षणमा विभिन्न प्रशिक्षकहरूबाट प्रशिक्षण हुनेछ ।

शिक्षक प्रशिक्षण कार्यक्रममा भक्तपुर जिल्ला प्रशिक्षण विभागका प्रमुख शिवराज घिमिरे, अध्यक्ष रामप्रसाद घिमिरे, निवर्तमान अध्यक्ष नित्यनाथ श्रेष्ठ, पतञ्जली योग समितीका सचिव केशव गजुरेललगाएतले प्रशिक्षण दिनुभएकाे थियाे ।

शिक्षक प्रशिक्षण कार्यक्रममा नगर कमिटी उपाध्यक्ष धर्मरत्न मानन्धर, महाकाली याेग साधना केन्द्रका संयाेजक मुना श्रेष्ठ, विरेन्द्रकाजी प्रधानाङ्ग र रामकृष्ण चवाल लगाएतले सहयाेग गरिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *