इरानमा सुरक्षा फौजको कारबाहीमा ६ ‘आतंकवादी’ निहत्था, तेहराननजिकैको बम आक्रमणको योजना असफल
तेहरान / वाशिङटन । इरानको राजधानी तेहरान नजिकै सुरक्षा फौजले गरेको विशेष कारबाहीमा बम आक्रमणको योजना बनाइरहेका ६ जना ‘आतंकवादी’ समूहका सदस्यहरू मारिएका छन्। इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्स (IRGC) ले तेहराननजिकैको मन्जिलाबाद सहरमा सो कारबाही चलाइएको जनाएको छ।
सुरक्षा निकायले उनीहरूले राजधानीमा ठूलो किसिमको बम हमलाको षड्यन्त्र रचेको दाबी गरेको छ।
इरान युद्ध रिपोर्टिगं गर्ने केही पत्रकारहरू ‘देशद्रोही’ अर्कोतर्फ, अमेरिकाका युद्ध सचिव पिट हेगसेथले इरान युद्धबारे समाचार सम्प्रेषण गर्ने केही अमेरिकी पत्रकारहरूप्रति कड़ा आक्रोश व्यक्त गर्नुभएको छ। उहाँले मिडियाको रिपोर्टिङप्रति लक्षित गर्दै भन्नुभयो, “हाम्रा तथाकथित प्रेसले इरानी राज्य नियन्त्रित मिडियालाई समेत जायज र उचित देखाउने काम गरेका छन्।” साथै, उहाँले युद्धकालीन समयमा राष्ट्रिय सुरक्षालाई असर पार्ने गरी समाचार सम्प्रेषण गर्ने केही पत्रकारहरूको भूमिका देशद्रोहीतुल्य रहेको टिप्पणी गर्नुभएको छ।
