जेनजी बहिराहरु ३० बुँदे माग राख्दै आन्दोलित, यस्ता छन् उनिहरुका माग

काठमाडौं, १६ असोज । जेनजी बहिरा आवाज आन्दोलन समितिले विभिन्न ३० बुँदे माग राख्दै आन्दोलन गरेका छन् । उनीहरुले राष्ट्रिय बहिरा महासंघको केन्द्रीय समितिको पछिल्लो कार्यशैली, निर्णय प्रक्रिया तथा बहिरा समूदायको हित र अधिकारसँग सम्वन्धित विषयमा जिल्ला बहिरा संघहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै महासंघको केन्द्रीय समितिको कार्यालय अघि धर्ना दिएका हुन् । उनीहरुले बहिरा समूदायको हक, अधिकार, समान सहभागिता, पारदर्शिता, जवाफदेहिता तथा संस्थागत मर्यादा कायम हुनुपर्नेलगायतका ३० वटा माग राख्दै धर्ना दिएका हुन् ।

उनीहरुको मागमा केन्द्रीय समितिको सामूहिक राजीनामा, विशेष अधिवेशनको मिति घोषणा, आर्थिक विवरण सार्वजनिक गर्नुपर्ने, बहिरा नागरिकका लागि ठोस योजना ल्याउनुपने, नयाँ नेतृत्व चयनमा पारदर्शिता हुनुपर्ने, कार्यक्रम तथा उपलब्धिको विवरण सार्वजनिक गर्नुपर्ने, निर्णय प्रक्रियामा बहिरा समुदायको सहभागिता हुनुपनेृ,पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्ने जस्ता माग उनिहरुले राखेका छन् ।

त्यसैगरी उनिहरुले सांकेतिक भाषाको अधिकार, प्रयोग, संरक्षण तथा प्रवद्र्धनका लागि प्रभावकारी कार्यक्रम तथा पहल सञ्चालन गर्नुपर्ने, बहिरा व्यक्तिको रोजगारी तथा तथा सीप विकासका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने, सार्वजनिक तथा सरकारी सेवामा बहिरा व्यक्तिहरुको पहुँच बढाउन आवश्यक पहल गर्नुपर्ने, नीति तथा कानुन निर्माण प्रक्रियामा बहिरा समूदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने जस्ता माग पनि उनिहरुले अघि सारेका छन् ।

त्ष्सैगरी उनीहर बहिरा महिला बालबालिका तथा अन्य जोखिममा रहेका बहिरा व्यक्तिहरुको विशेष अधिकारको संरक्षण तथा प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्ने , सतवटैै प्रदेश तथा जिल्ला बहिरा संघहरुको संस्थगात क्षमता विकासका लागि नियमति तथा प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने, महासंघको देशभित्र तथा देश बाहिर सञ्चालन हुने कार्यक्रम, भ्रमण तथा अन्य गतिविधिबारे सम्वन्धित जिल्ला बहिरा संघहरुलाई समयमै जानकारी दिनुपर्ने, महासंघका परियोजना तथा कार्यक्रमको उदेश्य, बजेट, उपलब्धि, कार्यान्वयन अवस्थाबारे सदस्य संस्थाहरुलाई नियमित रुपमा जानकारी गराउनुपर्ने जस्ता माग उनिहरुले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *