यस्ताे छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, १६ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा कायम गरिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९९ पैसा तथा बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ७४ पैसा तोकिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४८ पैसा रहेको छ।
राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३ पैसा, क्यानेडियन डलर एकको १०७ रुपैयाँ ८८ पैसा र १०८ रुपैयाँ ३० पैसा तथा सिङ्गापुर डलर एकको १२० रुपैयाँ १ पैसा र १२० रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको २२ रुपैयाँ ९४ पैसा र २३ रुपैयाँ ३ पैसा तथा साउदी रियाल एकको ४० रुपैयाँ ९६ पैसा र ४१ रुपैयाँ १२ पैसा कायम गरिएको छ। कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ २० पैसा र बिक्रीदर ४२ रुपैयाँ ३६ पैसा रहेको छ।
त्यस्तै, थाई भाट एकको खरिददर ४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४ रुपैयाँ ५८ पैसा, युएई दिराम एकको ४१ रुपैयाँ ८८ पैसा र ४२ रुपैयाँ ४ पैसा, मलेसियन रिङ्गेट एकको ३७ रुपैयाँ ६६ पैसा र ३७ रुपैयाँ ८० पैसा तथा दक्षिण कोरियाली वन १०० को ११ रुपैयाँ २६ पैसा र ११ रुपैयाँ ३० पैसा तोकिएको छ।
स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २९ पैसा र बिक्रीदर १५ रुपैयाँ ३५ पैसा तथा डेनिस क्रोनर एकको २३ रुपैयाँ १८ पैसा र २३ रुपैयाँ २७ पैसा रहेको छ। हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६० पैसा र बिक्रीदर १९ रुपैयाँ ६८ पैसा कायम गरिएको छ।
कुवेती दिनार एकको खरिददर ४९९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको ४०७ रुपैयाँ ९७ पैसा र ४०९ रुपैयाँ ५६ पैसा तथा ओमनी रियाल एकको ३९९ रुपैयाँ ५१ पैसा र ४०१ रुपैयाँ ७ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।
