सुनको मूल्य १ हजार ५०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो
काठमाडौँ, १६ असोज । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य २५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको छ।
बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँ तथा चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।
यससँगै एक दिनमै सुन प्रतितोला १ हजार ५०० रुपैयाँ र चाँदी २५ रुपैयाँले महँगिएको महासङ्घले जनाएको छ।
