एमालेका मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) बाट मनोनीत केन्द्रीय कमिटी सदस्यहरूले आज शपथ ग्रहण गर्ने भएका छन्।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार पार्टी केन्द्रीय कमिटी बैठकबाट मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुँदैछ।

शपथ ग्रहण पार्टी अध्यक्ष केपी शर्मा ओली द्वारा हुने  एमालेले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *