धौलीगंगा बाँध शनिबार रातीदेखि ४८ घण्टा खाेलिने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

कञ्चनपुर, १६ असोज । भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत् आयोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएको छ। बाँधमा जम्मा भएको सिल्ट सफाइका लागि ढोका खोलिन लागेको हो।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार असोज १७ गते शनिबार राति १ बजेदेखि असोज १९ गते सोमबार राति १ बजेसम्म बाँधका ढोका खुला रहनेछन्।

बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

प्रशासनले महाकाली नदी किनारमा बसोबास गर्ने तथा नदीमा आवतजावत गर्ने नागरिकलाई पूर्वसतर्कता अपनाउन अनुरोध गरेको छ। बाँध खुला रहने अवधिमा नदीमा नजान तथा नदी किनारमा समेत नजान आग्रह गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *