राष्ट्रपतिसँग सभामुख अर्यालको शिष्टाचार भेट

अन्तरव्यवस्थापिका सङ्घ

काठमाडौँ, असोज १६ ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डिपी) अर्यालले आज शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति भवनमा भएको भेटमा सभामुख अर्यालले अन्तरव्यवस्थापिका सङ्घ (आइपीयु)को १५३औँ महासभामा सहभागी हुन आफू आइतबार प्रस्थान गर्न लागेको जानकारी गराउनुभएको थियो ।

भेटका क्रममा आइपीयु महासभामा नेपालको सहभागिता तथा प्रतिनिधित्वका विषयमा समेत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *