मेडिकल व्यवसायी दुर्गा प्रसाईं दुई लाख धरौटीमा रिहा
काठमाडौं, २० असाेज । काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी शिवप्रसाद खतिवडाले जानकारी दिएका छन्।
प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसार कसुर गरेको अभियोग दर्ता भएको थियो। उनलाई पछिल्लो समय रास्वपा सांसद रचना खतिवडामाथि गरेको टिप्पणीका आधारमा पक्राउ गरी मुद्दा चलाइएको थियो।
साइबर अपराध, सार्वजनिक शान्तिविरुद्धको कसुर तथा निर्वाचनसम्बन्धी कसुरलगायतका अभियोगमा बारम्बार पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि पटक-पटक रिहा हुँदै आएका छन्। उनी हालसम्म दर्जनभन्दा बढी पटक पक्राउ परिसकेका छन्।
