ललितपुरमा चाडपर्वका लागि १३४१ प्रहरी परिचालन, ड्रोन र सीसीटीभीबाटसमेत निगरानी

ललितपुर, २१ असाेज । चाडपर्वमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न ललितपुर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई लागू गरिएको हो। दैनिक सुरक्षा ड्युटीका लागि १,१५१ जना प्रहरी परिचालन हुने र कमाण्ड फोर्ससहित कुल १,३४१ जना प्रहरी जनशक्ति यस योजनामा खटिने उनले बताए।

सुन पसल, व्यापारिक केन्द्र, बैंक तथा वित्तीय संस्था, सपिङ कम्प्लेक्स, बस पार्क तथा बस स्टपजस्ता भीडभाड हुने स्थानलाई केन्द्रित गरी सुरक्षा व्यवस्था मिलाइएको केसीले जानकारी दिए। २४ वटा मुख्य स्थानमा चौबीसै घण्टा प्रहरी तैनाथ रहने पिकेट राखिएको र प्रत्येक युनिटबाट कम्तीमा एउटा गाडी मोबाइल तथा एउटा पैदल गस्ती खटाइएको प्रहरीले जनाएको छ।

सन्दिग्ध गतिविधिमाथि निगरानी राख्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ भने यात्रुबाहक गाडीमा सर्वसाधारण यात्रुकै रूपमा सादा पोशाकका प्रहरी यात्रा गरी निगरानी गर्ने व्यवस्था मिलाइएको छ। साथै २४ घण्टा सीसीटीभी कन्ट्रोल रुमबाट निगरानी हुनुका अतिरिक्त भीडभाड र पूजाआजा हुने स्थानमा ड्रोनबाटसमेत अनुगमन गरिने प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *