सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा २ हजार ७०० रुपैयाँ सस्तियो

काठमाडौं, २८ असोज । स्थानीय बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। सुनको मूल्य तोलामा दुई हजार ७०० रुपैयाँ र चाँदीको मूल्य १०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८९ हजार ५०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला चार हजार २५५ रुपैयाँ निर्धारण गरिएको छ।

मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँ र चाँदी चार हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो।

मङ्गलबारको तुलनामा बुधबार सुन प्रतितोला दुई हजार ७०० रुपैयाँ र चाँदी १०० रुपैयाँले सस्तिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *