काभ्रेको सेल्फीडाँडामा हायस माइक्रोबस दुर्घटना: चालकसहित ३ जनाको उद्धार, धुलिखेल अस्पतालमा उपचार जारी

काभ्रेपलाञ्चोक , २ कात्र्तिक । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा गएराति एउटा हायस माइक्रोबस दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन्।

झापाबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रोबस राति करिब २ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ।

घाइतेहरूको विवरण र उपचार अवस्था

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा परी सवारी चालकसहित एकै परिवारका आमा-छोरा घाइते भएका छन्।

घाइतेहरू:

  • लोक बहादुर सेन्चुरी (३७ वर्ष – इलाम नगरपालिका–६): गाडी चालक

  • रिता आपागाई (२६ वर्ष – भुम्लु गाउँपालिका–७, काभ्रे)

  • रितिक आपागाई (९ वर्ष – भुम्लु गाउँपालिका–७, काभ्रे): रिताका छोरा

सुरक्षा निकायद्वारा उद्धार

दुर्घटनाको जानकारी पाउनासाथ खटिएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले अप्ठ्यारो भिरबाट घाइतेहरूको उद्धार गरेको थियो।

अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्याङका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेका अनुसार उद्धारपश्चात् सबै घाइतेहरूलाई तत्कालै उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *