गुण्डुका किसानलाई मखमलीको माला उन्न भ्याइनभ्याइ
भक्तपुर, तिहार नजिकिएसँगै भक्तपुरको गुण्डुका किसानलाई मखमली फूल टिप्न र माला उन्न भ्याइनभ्याइ भएको छ।
भाइटीकाका लागि मखमली फूलको माग बढेसँगै किसान फूल टिप्ने, माला तयार गर्ने र बजारमा बिक्री गर्ने तयारीमा जुटेका छन्।
फूलखेतीका लागि परिचित गुण्डु क्षेत्रमा किसानले व्यावसायिक रूपमा मखमली तथा सयपत्री फूलखेती गर्दै आएका छन्। लामो समयसम्म नओइलाउने भएकाले मखमली फूलको मालाले भाइटीकामा विशेष महत्त्व राख्ने गरेको छ। स्थानीय उत्पादनले बजार पाउँदा किसानको आम्दानीमा समेत टेवा पुगेको छ।
