रसुवामा १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

रसुवा।  १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले रसुवाबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नौकुण्ड गाउँपालिका-५ चिति देउराली बस्ने ३० वर्षीय दीपक तामाङ रहेका छन्।

तामाङले ती किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार दिउँसो नियन्त्रणमा लिएको हो।

पक्राउ परेका तामाङमाथि थप अनुसन्धान अघि बढाइएको र घटनाका सम्बन्धमा आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *