आज जनकपुर र पोखरा आमने-सामने हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को जारी तेस्रो संस्करण अन्तर्गत आज (आइतबार) जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आमने-सामने हुने भएका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग स्तब्ध बने पनि दोस्रो खेलमा काठमाडौं गोर्खाजमाथि शानदार जित दर्ता गर्दै लयमा फर्किएको छ। अर्कोतर्फ, पोखरा एभेन्जर्स भने आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो। त्यसैले, पोखरा आजको खेलमार्फत पहिलो जितको खोजीमा मैदान उत्रिनेछ भने जनकपुर आफ्नो जितको यात्रालाई निरन्तरता दिने दाउमा रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *