तत्काल संसद् बैठक बोलाउन प्रतिपक्षी दलहरूको माग
काठमाडौं, १६ कात्तिक । प्रतिपक्षी दलहरूले सरकारसँग यथाशीघ्र संसद् बैठक आह्वान गर्न माग गरेका छन् ।
नेपाली कांग्रेसको आह्वानमा सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकले जनजीविका, राष्ट्रियता, लोकतन्त्र र संविधानका विषयमा गम्भीर छलफल गर्न संसद् बैठक बोलाउनुपर्ने निर्णय गरेको हो ।
बैठकपछि नेपाल कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले प्रतिपक्षी दलका तर्फबाट तत्काल संसद् बैठक आह्वान गर्न माग गरिएको जानकारी दिए ।
उनका अनुसार बैठकमा राष्ट्रियता, जनजीविकाका समस्या, विपद्पछिको पुनर्निर्माण तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।
