जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मकवानपुर, १६ कात्तिक । मकवानपुर, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बकैया गाउँपालिका-१ रजुवा बस्ने २६ वर्षीय रामशरण भोम्जनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

रामशरणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *