पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेस शीर्ष नेताहरूको बैठक बस्दै
काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेसले पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको छ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको जानकारी दिएका हुन्। उनका अनुसार बैठक केहीबेरमै सुरु हुनेछ।
बैठकमा पार्टी सभापति, वरिष्ठ उपसभापति, उपसभापतिहरू, महामन्त्रीहरू तथा प्रतिनिधिसभामा विपक्षी दलका नेता सहभागी हुने बताइएको छ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।
