सुक्खा पहिरो जाँदा कालीगण्डकी करिडोर अवरुद्ध
काठमाडौं, २० कात्तिक । कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पूर्तिघाट सडकखण्डको कालीगण्डकी–२ स्थित राक्सेमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
बिहीबार राति खसेको पहिरोका कारण उक्त सडकखण्डमा अवरुद्ध भएको हाे । अवरुद्ध सडक खुलाउन उपकरण प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।
