सार्वजनिक बसमा महिला यात्रुमाथि अभद्र व्यवहार गरेको आरोपमा तीन जना पक्राउ

कञ्चनपुर, २० कात्तिक । सार्वजनिक बसमा महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–९, मटैनाका २१ वर्षीय शमिर बिष्ट, २४ वर्षीय अनिल नाथ र भीमदत्त नगरपालिका–३, तिलकेनीका २१ वर्षीय जीवन बम रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले काठमाडौंबाट महेन्द्रनगर आउँदै गरेको सुपप्र ०२–००१ ख १५६३ नम्बरको रात्रिबसमा सवार एक महिला यात्रुमाथि मंगलबार हातपात तथा अभद्र व्यवहार गरेका थिए।

घटनाबारे सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *